तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटना अपडेट :  पांँचजनाको परिचय खुल्यो, एकजना अझै बेपत्ता

चितवन ।  दुर्घटनाबाट मृत्यु भएका पांँचजनाको परिचय खुलेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्याक्सी चालक गोर्खा नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय अर्जुन शिर्मल, सोही ठाउँकी ४१ वर्षकी हरिमाँया रोकाय ,  ७० वर्षीय जुनकिरी रोकाय , अन्जना रोकाय र अन्दाजी  ९ वर्षका आगमन नगरकोटी रहेका छन् । अर्का १८ बर्षीय दिवश रोकाया फेला नपरेको प्रहरीले जनाएको छ ।  

आज बिहान सवा ७ बजे ईच्छाकामना गाउँपालिका वडा नम्बर ५ पृथ्वी राजमार्गको सिमलधारा नजिक काठमाडौँबाट गोरखा आई रहेको बा २ ज ४१९६ नम्बरको ट्याक्सी सडकबाट  अन्दाजी ८० मिटर तल त्रिशूली नदीमा खसेको थियो । ईलाका ।प्रहरी कार्यालय।मुग्लिङबाट १५ जनाको प्रहरी टोली र बिपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट १० जनाको टोलीले  खोजतलासको क्रममा घटनास्थलमै पांँचजना मृत्यु भेटिएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button