तपाईँ सुन्दै हुनुहुन्छः

गण्डक नहरमा भेटिएको डल्फिन नारायणी नदिमा छाडियो

नवलपरासी,पश्चिम् । पश्चिम नवलपरासीको प्रतापपुर ७ सुर्यपुरास्थित गण्डक नहरमा डल्फिन भेटिएको छ ।

शुक्रवार दिउँसो भेटिएको डल्फिनलाई स्थानीय, वन रक्षक तथा प्रहरीको सहयोगमा उद्धार गरी पुर्वी नवलपरासीको त्रिवेणीस्थित नारायणी नदीमा छाडिएको जिल्ला वन कार्यालयका निमित्त प्रमुख रवीन्द्रनाथ चौधरीले जानकारी दिनुभयो ।केही दिन देखि सुर्यपुरामा रहेको गण्डक विद्युत् गृहको बाँध आसपास पानी कम भएको मौकामा स्थानीयले डल्फिनको खोजी गर्दै आएका थिए ।

उक्त डल्फिन त्रिवेणीस्थित गण्डक बाँधबाट भारतीय नहर हुँदै सुर्यपुरा विद्युत् गृहको बाँध सम्म आइपुगेको निमित्त प्रमुख चौधरीले बताए । उहाँका अनुसार उक्त डल्फिन अनुमानित ७०/७५ किलोको थियो भने लम्बाई ६ फिट बढी थियो ।

पछिल्लो समय नारायणी नदीमा डल्फिनको सङ्ख्या बढ्दै गएको छ । तर डल्फिनको संरक्षणमा सरकारले चासो नदिएको संरक्षणकर्मीहरूले बताएका छन् । डल्फिनहरू नदीको उल्टो बहाव भएको पानीको भुमरी पर्ने ठाउँमा बस्न रुचाउने बताइन्छ ।एक घण्टामा झण्डै ६० किलोमिटरसम्मको गतिमा यात्रा गर्न सक्ने डल्फिन नेपालमा पाइने एकमात्र स्तनधारी जलचर प्राणी हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button