तपाईँ सुन्दै हुनुहुन्छः

चैते धानको न्यूनतम समर्थन मूल्य तोक्ने सरकारको निर्णय

काठमाडौँ । सकारले चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार सात सय सात रुपैयाँ २८ पैसा तोकेको छ ।

आज मन्त्रालयमा आयोजित हिजो बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिकीकरणमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले चालु आर्थिक वर्ष २०८०/८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल दुई हजार सात सय सात रुपैयाँ २८ पैसा न्यूनतम समर्थन मूल्य तोक्ने  निर्णय भएको बताउनुभयो । 

यस्तै बैठकले १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२ सय ग्रामका दरले हुन आउने तौल घटाई कायम हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय गरेको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

यस्तै बैठकले सरकारले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने, सात प्रदेशलाई ७७ अर्ब ५० करोड र स्थानीय तहलाई पनि सोही मात्रामा राजश्व बाँडफाँड गर्ने निर्णय स्वीकृत गरेको प्रवक्ता शर्माले बताउनुभयो ।

यस्तै बैठकले विकास  आयोजनका लागि प्रयोग हुने राष्ट्रिय बनको क्षेत्रफल र कटान हुने रुख सङ्ख्यामा फरक नपर्ने गरी राष्ट्रिय बनको जग्गा प्रयोग गर्न दिने सम्बन्धी शर्त परिमार्जन गर्न स्वीकृति दिने  निर्णय गरेको छ ।

प्रवक्ता शर्माले  हिजो बैठकले तथ्याङ्क नियमावली, २०८०लाई स्वीकृत गर्ने र  नेपाल प्रशासन सेवा समूहीकरणतर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गर्ने निर्णय गरेको बताउनुभयो ।

त्यसैगरी बैठकले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा मा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको पनि प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button