तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री प्रचण्ड आज हेटौंडा आउनुहुँदै

मकवापुर।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हेटौंडा आउनुहुने भएको छ । नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा उद्घाटनका लागि प्रधानमन्त्री वागमती प्रदेशको राजधानी हेटौँडा आउन लाग्नुभएको हो ।

आज र भोली दुई दिन चल्ने साधारणको सबै तयारी पूरा भएको महासंघका महासचिव रोशन दाहालले बताउनु भयो । उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, शहरी विकासमन्त्री धनबहादुर बुढा, बागमती प्रदेशका मुख्यमन्त्री शालिराम जम्कट्टेल लगायतको उपस्थिति रहने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button