तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रले उपनिर्वाचनमा उम्मेदवार उठाउने (भिडियो सहित)

 काठमाडौँ । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवार उठाउने निर्णय गरेको छ ।

 प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको पदाधिकारी बैठकले प्रतिनिधिसभा सदस्यका लागि इलाम २ र प्रदेशसभा सदस्यका लागि बझाङबाट पार्टीले उम्मेदवार उठाउने निर्णय गरेको पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिनुभयो । 

दुवै क्षेत्रका उम्मेदवार को हुने भन्ने विषयमा अझै पार्टीभित्र छलफल गरेर टुङ्ग्याउने उपाध्यक्ष सापकोटाले बताउनुभयो । 

भिडियो हेर्नको लागि तलको लिङ्क क्लिक गर्नुहोस् 

प्रतिक्रिया राख्नुहोस्

Back to top button