तपाईँ सुन्दै हुनुहुन्छः

  झोलुङ्गे पुल निर्माणले ल्याएको  खुसी

रोल्पा । रोल्पा नगरपालिकाको वडा नम्बर ८ र ९ लाई ८६ मिटर लामो क्यूबाङ झोलुङ्गे पुलले बारीपारिको सम्बन्धलाई नजिक बनाएको छ भने निर्माण आयोजनाको स्थलगत निरीक्षण, अनुगमनको साथै नगर प्रमुख सुरेन्द्र थापा घर्तीले उद्घाटन गर्नुभएको छ ।

८६ मिटर लम्बाई रहेको उक्त पुलको लागत अनुमान ४१ लाख ९ हजार २ सय ४७ रुपैंया ७८ पैसा रहेको छ  रोल्पा नगरपालिका र  विकास सरोकार समाज डिकोस रोल्पाबिच सङ्घीय झोलुङ्गे पुल क्षेत्रगत विकास कार्यक्रम र समुदायको जनश्रमदानबाट उक्त  झोलुङ्गे पुल निर्माण  गरिएको हो ।

पुल निर्माण भएपछि वडा नम्बर ८ र ९ का स्थानीयहरू लाई खोला वारपार गर्न निकै सहजता भएको छ पुल निर्माण हुनुभन्दा अघिसम्म त्यहाँका स्थानीयले कष्टकर तवरले खोलाको तिरै-तिरको बाटो हिँड्दै आएका थिए पुल निर्माण भएर पुलबाट सहजताका साथ खोला वारपार गर्न पाउँदा स्थानीय खुसी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button