तपाईँ सुन्दै हुनुहुन्छः

‘देशको विकास र समृद्धिका लागि दलगत स्वार्थ भन्दा माथि उठ्नुपर्छ’

स्याङ्जा । कानुन न्याय तथा संसदीय मामिला मन्त्री पदमराज गिरीले देशमा परिवर्तन हुन्छ भन्ने आशमा बसेका नागरिकहरूको धैर्यताको बाँध टुट्ने अवस्थामा रहेको बताउनुभएको छ ।

नागरिकको धैर्यताको बाँध टुट्ने अवस्थामा रहेको भन्दै अब देशका लागि गर्छु भनेका जनप्रतिनिधि, राजनीतिक दलहरूले डुबुल्की मारेर काम गर्नुपर्ने मन्त्री गिरीले बताउनुभयो । सुशासन र समृद्धिका मुद्दामा खरो रुपमा उत्रिनुपर्ने बेला आएको उहाँको भनाइ थियो ।

मन्त्री गिरीले भन्नुभयो, ‘देशको विकास र समृद्धिका लागी दलगत स्वार्थ भन्दा माथि उठेर सबै राजनीतिक दल एउटै लयमा हिँड्नुपर्छ । भ्रष्टाचारलाई शुन्यमा झार्नुपर्छ ।’ विकासलाई तीव्र गतिमा अगाडि बढाउनुपर्ने भन्दै मन्त्री गिरीले जनप्रतिनिधिको आँखामा सबै नागरिक समान हुनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा वालिङ नगर प्रमुख कृष्ण खाँणले संघ र स्थानीय तहको कानुन बाझिएर कतिपय अवस्थामा काम गर्न अप्ठ्यारा स्थिति रहेको भन्दै त्यस्ता जटिलतालाई सहज बनाउन मन्त्री समक्ष आग्रह गर्नुभयो ।

बाँदर आतङ्कका कारण जमिन बाँझो हुने, बसाइसराइ बढ्ने जस्ता समस्या रहेको भन्दै यसको नियन्त्रणका लागि कानुन संशोधन गरेर भए पनि यसको समाधान गर्न पहल गर्नुपर्ने खाँणले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button