तपाईँ सुन्दै हुनुहुन्छः

लुम्बिनीमा सवारी लाइसेन्स लिँदा एनएमसी नम्बर प्राप्त डाक्टरबाट आँखा जाँच गर्न सकिने 

बाँके । लुम्बिनी प्रदेशमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनुअघि गरिने स्वास्थ्य परीक्षण जुनसुकै एनएमसी नम्बर प्राप्त डाक्टरबाट गर्न सकिने भएको छ।

प्रदेशको उद्योग तथा यातायात मन्त्रालयले आगामी वैशाख १ गतेबाट लागू हुने गरी नयाँ नियम ल्याएको हो। 

लाइसेन्स लिनुअघि आँखा जाँच गर्न यसअघि हुँदै आएको सिन्डिकेट हटाइएको उद्योग तथा यातायात मन्त्री सरोज थापाले जानकारी दिनुभयो । “पहिला सेवाग्राहीलाई यातायात कार्यालयमै आँखा जाँच गरिँदै आएको थियो।” मन्त्री थापाले भन्नुभयो, “अब नियमावली अनुसार जुनसुकै एनएमसी नम्बर प्राप्त डाक्टरले गरे हुने रहेछ, त्यही भएर त्यो नियम हटाइएको हो ।”

लुम्बिनी प्रदेश सडक सवारी यातायात परिवहन ऐनमा दरखास्तवालाले चालक अनुमति पत्रका लागि तोकिएको दस्तुरसहित नागरिकताको प्रतिलिपि नेपाल सरकारद्वारा मान्यता प्राप्त चिकित्सकले निजको स्वास्थ्य परीक्षण गरी दिएको निरोगिताको प्रमाणपत्रको प्रतिलिपिसमेत संलग्न गर्नुपर्ने व्यवस्था छ।

यसअघि, यातायात कार्यालयसँग मिलेर टेन्डर आह्वान गरी स्वास्थ्य चेकजाँचमा सिन्डिकेट हुँदै आएको थियो तर अब लुम्बिनी प्रदेश सडक सवारी यातायात परिवहन ऐनका आधारमा जुनसुकै एनएमसी नम्बर प्राप्त डाक्टरबाट आँखा चेकजाँच गर्न सकिने नियम ल्याइएको मन्त्री थापाले जानकारी दिनुभयो। 

प्रतिक्रिया राख्नुहोस्

Back to top button