तपाईँ सुन्दै हुनुहुन्छः

भद्रपुर भन्सारद्वारा ८ महिनामै वार्षिक लक्ष्य पूरा

झापा। चोरी पैठारी नियन्त्रणका लागि सक्रियता बढाएसँगै झापाको भद्रपुर भन्सार कार्यालयले राजस्व असुलीमा उल्लेख्य प्रगति गरेको छ ।अन्य भन्सारलाई लक्ष्य भेट्टाउन धौधौ परिरहेको अवस्थामा भद्रपुर भन्सारले चालु आर्थिक वर्ष २०८र०८१ को वार्षिक लक्ष्य ८ महिनामै पूरा गरेको छ ।कार्यालयका निमित्त प्रमुख अर्जुन सिटौलाका अनुसार राजश्व सङ्कलनका लागि भन्सार विभागले दिएको वार्षिक लक्ष्य पहिलो आठ महिनाभित्रै पूरा गरेको बताउनु भयो ।भन्सार विभागले चालु आर्थिक वर्षका लागि भद्रपुर भन्सार कार्यालयलाई १२ करोड ७८ लाख रुपैयाँ राजस्व सङ्कलनको लक्ष्य दिएकोमा साउनदेखि फागुन मसान्तसम्मको ८ महिनामै १७ करोड १८ लाख ७२ हजार २७५ रुपैयाँ सङ्कलन गरिसकेको निमित्त भन्सार प्रमुख सिटौलाले जानकारी दिनुभयो । यो सङ्कलन वार्षिक लक्ष्यको तुलनामै ५ करोड १० लाख ९२ हजार २७५ रुपैयाँ बढी हो।

विगतमा कार्यालयले वार्षिक लक्ष्य पूरा गर्न नसेकेको उल्लेख गर्दै सिटौलाले यस वर्ष चोरी पैठारी नियन्त्रणमा निगरानी बढाएकोका कारण राजश्व सङ्कलन ह्वात्तै बढेको दाबी गर्नुभयो ।भारतको बिहार राज्यको गलगलिया, ठाकुरगञ्ज, किसानगञ्ज नाका भएर भद्रपुर हुँदै प्रमुख रुपमा लत्ताकपडा, चिया प्याकेजसङका सामाग्री तथा मेशिनरी पार्टस्, प्याई उड उद्योगको पाटपूर्जाको केमिकल तथा फलफूल र खेतीपातीमा प्रयोग हुने विषादी आयात हुने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button