तपाईँ सुन्दै हुनुहुन्छः

होलीमा इच्छा विपरीत रङ्ग नदल्न र सद्भावपूर्ण होली खेल्न बाँके प्रशासनको आग्रह

बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले एक सूचना जारी गर्दै होलीमा उच्छृङ्खल गतिविधि गरेर कानुन बमोजिम कारबाही गर्ने चेतावनीको साथै मर्यादित रुपमा होली पर्व मनाउन बाँके जिल्लावासीलाई आव्हान गर्नुभएको छ।

सूचनामा इच्छा विपरीत रङ्ग दल्ने र होलीको नाममा कसैलाई दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही गर्ने जनाइएको छ।

सद्भावको जिल्ला बाँकेमा सद्भावको पर्व होलीलाई मर्यादित रूपमा मनाउन सबैसँग आग्रह गर्दै इच्छा विपरीतका कार्य भए वा गरिएको पाइएमा प्रहरी कानुनी रूपमा प्रस्तुत हुने जिल्ला प्रहरी कार्यालय बाँकेले एक सार्वजनिक सूचना प्रकाशित गरेर सबैलाई जानकारी गराएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले प्रकाशित गरेको सूचनामा होलीका नाममा कसैमाथि पनि जबरजस्ती रङ दल्ने, लोला हान्ने वा दुर्व्यवहार गर्ने कार्य भएको पाइएमा प्रहरीले कानुन अनुसार कारबाही गर्ने जनाउँदै सबैले पर्वलाई मर्यादित र संयमित रूपमा मनाउन आग्रह गरिएको छ ।

होलीको नाममा कसैले पनि मादक पदार्थ सेवन गरेर सवारी साधन नचलाउन, चाडपर्व मनाउने बहानामा अत्यधिक मादक पदार्थ सेवन नगर्न तथा पर्वको नाममा कुनै पनि अमर्यादित र उच्छृङ्खल कार्य नगर्न सो सूचनामार्फत आह्वान गरिएको छ।

साथै कसैमाथि इच्छा विपरीत रङ दल्ने काम गरिए वा अमर्यादित कार्य गरिएमा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरिएको छ ।

 जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख एसपी श्रवण कुमार पोखरेलले होली पर्वलाई मर्यादित र शान्तिपूर्ण तरिकाले सद्भाव तथा प्रेमका साथ मनाउन सबै जिल्लावासीलाई आग्रह गरिएको जनाउँदै सोही बमोजिम गर्न सबैसँग अपिल गर्नुभयो । उहाँले पर्वका अवसरमा मादक पदार्थ सेवन गरेर सवारी चलाउने, हेल्मेट नलगाउने, क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका सवारी चालकलाई ठाउँका ठाउँ कारबाही गर्न मातहतलाई कडा निर्देशन दिएको पनि बताउनुभयो ।

होलीमा नगरका विभिन्न ठाउँमा जडान गरिएका सिसिटिभी क्यामराबाट पनि निरन्तर निगरानी गरिने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button