तपाईँ सुन्दै हुनुहुन्छः

पुँजीबृद्धि र रोजगारी सिर्जना सरकारको प्राथमिकतामा : अर्थमन्त्री पुन (भिडियो सहित)

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले पुँजीबृद्धि र रोजगारी सिर्जनालाई सरकारले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

प्रतिनिधिसभा, अर्थ समितिको आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री पुनले कृषिको आधुनिकीकरण, उर्जाक्षेत्रको विकास र निर्यात, पुँजी वृद्धि र रोजगारी सिर्जनालाई  प्राथमिकतामा राखिएको बताउनुभयो ।

मन्त्री पुनले आइसिटी क्षेत्रको विकास र विस्तार र सीपयुक्त जनशक्ति उत्पादनलाई बजेटले  प्राथमिकतामा राखेको बताउनुभयो ।

 बैठकमा सांसदहरुले  अलपत्र आयोजनाको निरन्तरता,कृषि क्षेत्रको आधुनिकीकरण,स्वदेशमै रोजगारी सिर्जना,शिक्षा स्वास्थ्य जस्ता आधारभूत मौलिक हकको कार्यान्वयन हुने गरी बजेट आउनु पर्नेमा जोड दिनुभयो।

सांसद्हरुले अर्थतन्त्र शिथिल बन्दै गएको र जनतामा निराशा बढेको भन्दै  जनविश्वास कायम गर्ने गरी कार्यान्वयन योग्य योजना अघि सार्नु पर्ने बताउनुभयो ।

भिडियो :

प्रतिक्रिया राख्नुहोस्

Back to top button