तपाईँ सुन्दै हुनुहुन्छः

फिफा वरियतामा नेपाली महिला फुटबल टोलीको सुधार

काठमाडौँ । नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा ५ स्थानले सुधार भएको छ ।

विश्व फुटबल महासङ्घ (फिफा) ले शुक्रबार जारी गरेको मार्चको वरियतामा नेपाल सयौँ स्थानमा उक्लेको छ । यसै महिना साउदी अरेबिया भएको वाफ च्याम्पियनसिपमा नेपालले फाइनल खेलेको थियो ।

जोर्डनसँगको फागुन १६ गते भएको फाइनलमा नेपाल पेनाल्टी सुट आउटमा ५–३ ले पराजित भएको थियो । निर्धारित समयमा फाइनल २–२ बराबरी भएको थियो । त्यसअघि सेमिफाइनलमा लेबनानलाई २–१ ले हराएको नेपालले समूह चरणमा इराकलाई ५–०, सिरियालाई ४–१ र प्यालेस्टाइनलाई ४–० ले हराएको थियो ।

दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा रहेको छ । भारत एक स्थान तल झर्दै ६६ औँ स्थानमा छ । यस्तै बङ्गलादेश १४०, श्रीलङ्का १५७, पाकिस्तान १५८ माल्दिभ्स १६१, भुटान १७३ औँ स्थानमा छन् ।

विश्वकप विजेता स्पेन शीर्षस्थानमा कायमै छ । यस्तै इङ्गल्यान्ड दोस्रो, फ्रान्स तेस्रो, अमेरिका चौथो र जर्मनी पाँचौँ स्थानमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button