तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिसमक्ष प्रदेश प्रमुखहरूद्वारा शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रदेश प्रमुखहरूलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित विशेष समारोहबिच राष्ट्रपति पौडेलले नवनियुक्त मधेश प्रदेश प्रमुख झापाकी सुमित्रा सुवेदी भण्डारी,  गण्डकी प्रदेश प्रमुख कैलालीका डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका लागि नवनियुक्त प्रदेश प्रमुख अर्घाखाँचीका नजिर मियाँलाई प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

राष्ट्रपति पौडेलले आजै उहाँहरूलाई  नेपाल सरकार, मन्त्रिपरिषद्को २०८० फागुन २८ गतेको बैठकको निर्णय एवम् सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेशका प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको थियो ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button