तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति रनिङ शिल्ड : फिदिम नगरपालिका प्रथम

पाँचथर । पाँचथरको फिदिममा सम्पन्न १४ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा फिदिम नगरपालिकाले प्रथम स्थान हासिल गरेको छ । प्रतियोगितामा फिदिम नगरपालिकाले २६ स्वर्ण, १९ रजत र ८ कास्य पदक जित्दै प्रथम स्थान हासिल गरेको हो ।

याङवरक गाउँपालिकाले २० स्वर्ण, १६ रजत र ११ कास्य पदक जितेर दोस्रो स्थान हासिल गरेको छ ।

फालेलुङ गाउँपालिकाले ७ स्वर्ण, ३ रजत र ४ कास्य पदक जितेको छ । मिक्लाजुङ गाउँपालिकाले ६ स्वर्ण, १० रजत र ११ कास्य पदक जितेको छ । हिलिहाङ गाउँपालिकाले २ स्वर्ण, १० रजत र ६ कास्य पदक जितेको छ । फाल्गुनन्द गाउँपालिकाले ३ स्वर्ण, ४ रजत र ९ कास्य पदक जितेको छ । यस्तै कुम्मायक गाउँपालिकाले २ स्वर्ण, ३ रजत पदक जितेको छ ।

तुम्बेवा गाउँपालिकाले १ रजत र २ कास्य पदक मात्र जित्न सक्यो । प्रतियोगितामा पाँचथरका ८ स्थानीय तहका विभिन्न विद्यालयका ६ सय ११ जना विद्यार्थी सहभागी थिए ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना राज्य मन्त्री इन्दिरा थापाको प्रमुख आतिथ्यतामा खेल समापन भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button