तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेस पदाधिकारी बैठक : प्रदेशहरूमा पार्टीको नेतृत्वमा रहेका सरकारलाई निरन्तरता दिनेबारे छलफल

काठमाडौँ । नेपाली कांग्रेसको आज बसेको पदाधिकारी बैठकले प्रदेशहरूमा पार्टीको नेतृत्वमा रहेका सरकारलाई निरन्तरता दिनेबारे छलफल गरेको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज प्रदेशका सभापतिहरूसहित पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठकमा प्रदेशहरूमा थप दलका सहयोग जुटाएर पार्टी नेतृत्वमा रहेका सरकारलाई निरन्तरता दिनेबारे छलफल भएको बैठकपछि नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले बताउनुभयो ।

यस्तै बैठकमा संसदभित्र र बाहिर पार्टीको भूमिकालाई प्रभावकारी बनाउँदै केन्द्र सरकारमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने र वर्तमान सत्ता गठबन्धन दल बाहिर रहेका साना दलहरूलाई साथमा लिएर अगाडि बढ्ने लगायतका विषयमा पनि छलफल भएको नेता केसीले जानकारी दिनुभयो ।

कांग्रेसको नेतृत्वमा अहिले सुदूरपश्चिम, लुम्बिनी, गण्डकी र कोशी प्रदेशमा सरकारहरू रहेका छन् ।

छलफलमा सहभागी नेपाली काँग्रेसका गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले दलहरू अहिले मध्यावधि गर्ने पक्षमा नदेखिएकोले प्रदेश सरकारलाई निरन्तरता दिनेबारे छलफल भएको बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button