तपाईँ सुन्दै हुनुहुन्छः

कृषि विकास बैङ्कद्वारा राष्ट्रिय महिला फुटबल टोली सम्मानित

काठमाडौँ । कृषि विकास बैङ्क लिमिटेडले नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई ६ लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ ।

शुक्रबार रामशाहपथस्थित बैङ्कको प्रधान कार्यालयमा टोलीलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, उपाध्यक्ष दीपक खतिवडा, महासचिव किरण राई लगायतको उपस्थिति थियो ।

नेपाल गत साता साउदी अरबमा भएको वाफ महिला च्याम्पियनसिपमा उपविजेता बनेको थियो । फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुट आउटमा ५–३ ले पराजित भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button