तपाईँ सुन्दै हुनुहुन्छः

पत्रकारिताको व्यावसायिक अभ्यासलाई थप पेशागत र मर्यादित बनाउनुपर्नेमा जोड

काठमाडौँ । पत्रकारिताको व्यावसायिक अभ्यासलाई थप पेशागत र मर्यादित बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिनुभएको छ ।

१ सय १४ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर नेपाल प्रेस युनियन, महिला विभागले आज काठमाडौँमा आयोजना गरेको पत्रकारका अनुभव आदानप्रदान कार्यक्रममा सरोकारवालाहरुले पत्रकारितालाई थप मर्यादित बनाउन सञ्चार गृह दिगो व्यावसायिक पत्रकारितामा केन्द्रित हुनुपर्ने बताउनुभयो । 

नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष बाला अधिकारीले मुलुकको हितका लागि पत्रकारिता क्षेत्रलाई प्रतिष्ठित र मर्यादित बनाउन महासङ्घ संवेदनशील रहेको उल्लेख गर्नुभयो । 

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष संगीता खड्काले पत्रकारिता क्षेत्रमा पत्रकार महिलाहरूको हक अधिकारका सम्बन्धमा भएका व्यवस्था कार्यान्वयनको अवस्था कमजोर रहेको बताउनुभयो ।

कार्यक्रममा सहभागीहरूले पत्रकार महिलाको पारिवारिक जिम्मेवारीलाई बेवास्ता गर्न नमिल्ने, महिला पत्रकारको सहजताका लागि नीतिगत व्यवस्था गर्नुपर्ने, महिलाका मुद्दा समाधानमा सबैले ऐक्यबद्धता जनाउनुपर्ने तथा महिलामैत्री समाचार कक्ष हुनुपर्ने लगायतका विषय उठाउनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button