तपाईँ सुन्दै हुनुहुन्छः

महिलाबिचको एकता जरुरी : उपाध्यक्ष अर्याल

काठमाडौँ । राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले महिलाप्रति सम्मानको भावना अभिवृद्धि गर्न विद्यालय तहमै लैङ्गिक समानताको पाठ पढाइनुपर्नेमा जोड दिनुभएको छ ।

राष्ट्रिय महिला आयोगको २२ औँ स्थापना दिवसका अवसरमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजना गरिएको कार्यक्रममा उपाध्यक्ष अर्यालले महिला महिलाबिचको एकताबाट मात्रै समानताको लडाइँमा विजय पाउन सकिने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले नेपालमा महिलाहरूका लागि बनेका कानुनहरू कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो ।

उपसभामुख रानाले स्थानीय तहको कार्यकारी पदमा महिलाहरूको सहभागिता कम भएको बताउनुभयो ।

राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले आयोगले लैङ्गिक हिंसा न्यूनीकरणका लागि सचेतना कार्यक्रम देशैभर सञ्चालन गरेको बताउनुभयो ।

यस अवसरमा महिला अधिकारका क्षेत्रमा योगदान पुर्याएको भन्दै विभिन्न पत्रकारहरूलाई सम्मान गरिएको छ ।

सोही अवसरमा रेडियो नेपालकी वरिष्ठ कार्यक्रम अधिकृत चन्दा विष्टलाई रेडियो कार्यक्रममार्फत महिला सशक्तीकरणमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button