तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रद्वारा लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता

बाँके । नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

माओवादी केन्द्रको लुम्बिनी प्रदेश संसदीय दलका नेता जोगबहादुर महरा र प्रमुख सचेतक ईन्द्रजीत चौधरीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी संसद्लाई गराउनुभएको हो ।

लुम्बिनी प्रदेशसभामा सभामुखसहित माओवादी केन्द्रका ११ जना सांसद हुनुहुन्छ । 

केन्द्रमा सत्ता समीकरणमा भएको फेरबदल भएसँगै मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादी केन्द्रका दुई जना मन्त्रीलाई पदमुक्त गर्नुभएको थियो ।

मुख्यमन्त्री चौधरीले माओवादी केन्द्रबाट प्रदेशको अर्थमन्त्री रहनुभएका धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसी ‘नमुना’ लाई पदमुक्त गर्नुभएको हो ।

माओवादी केन्द्रले सुदूरपश्चिम र गण्डकी प्रदेशमा पनि प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button