तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशमा दुई मन्त्री बर्खास्त

कास्की । गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्रका दुई जना मन्त्री बर्खास्त हुनुभएको छ । केन्द्रीय सत्ता समीकरण फेरिएसँगै गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादीका दुई मन्त्रीलाई बर्खास्त गर्नुभएको हो ।

माओवादीका सामाजिक विकास मन्त्री सुशील सिम्खडा र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेशमबहादुर जुग्जालीलाई बर्खास्त गर्न प्रदेश प्रमुख कार्यालय पठाइएको छ ।प्रदेश प्रमुख कार्यालयका अनुसार केही समयमा नै प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारले गरेको मन्त्रिपरिषदको पुनर्गठन प्रमाणीकरण गर्ने जनाएको छ ।  

दुई मन्त्रीलाई बर्खास्त गरेर  उहाँले दुवै मन्त्रालय आफै मातहत राख्नु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button