तपाईँ सुन्दै हुनुहुन्छः

सत्ता गठबन्धन कार्यदलको बैठक बालुवाटारमा जारी

काठमाण्डौ । नवगठित सत्तागठबन्धनको कार्यलदलको बैठक बालुवाटारमा जारी छ ।
गठबन्धन दलबीच मन्त्रालय बाँडफाँट, न्यूनतम साझा नीति तथा कार्यक्रम र अन्य दलसँगको सहकार्य लगायतका विषयमा छलफल गर्न कार्यदलको बैठक बसेको हो ।
गठबन्धन दलका शीर्ष नेताहरुको आजै दिउसो तीन बजे बस्ने बैठकमा कार्यदललेसुझाव दिनेछ ।
कार्यदलमा नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेकपा माआवादी केन्द्रका नेता बर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका नेता स्वार्णिम वाग्ले र जनता समाजबादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ रहनुभएको छ ।
हाल गठबन्धनमा रहेका दलहरु बाहेक नेकपा एस, लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि सरकारमा ल्याउन पहल भईरहेकोले मन्त्रालय बाँडफाँटमा एक दुई दिन लाग्न सक्ने गठबन्धनका नेताहरु बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button