तपाईँ सुन्दै हुनुहुन्छः

झन्डै ४० लाख मूल्य बराबरको अवैध चिनी र केराउ बरामद

नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीमा प्रहरीले लुकाई छिपाई गोदाम गरेर राखेको ठूलो परिमाणको अवैध केराउ र चिनी गोदाममा छापा मारेको छ ।

सुस्ता गाउँपालिका वडा नम्बर १ बरुवाबाट भारतबाट भन्सार छली गरेर ल्याई लुकाई राखेको करिब ४० लाख मूल्य बराबरको केराउ र चिनी सशस्त्र प्रहरीले बरामद गरेको हो ।

सोमबार बेलुका करिब १ हजार ७ सय बोरा हरियो केराउ र १ सय ५७ बोरा चिनी सशस्त्रले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल २६ नम्बर गणका प्रहरी उपरिक्षक प्रकाश वाग्लेले सुस्ता १ बरुवा निवासी श्याम भनिने ज्ञान प्रसाद अर्यालको घर पछाडि रहेको गोदामबाट ३८० क्विन्टल हरियो केराउ र ४० क्विन्टल चिनी बरामद भएको रेडियो नेपाललाई जानकारी दिनुभयो ।

त्यस क्षेत्रमा त्यस्ता सामानहरू भण्डारण गरिने सूचनाको आधारमा जाँचबुझ गर्दा उक्त परिमाणको सामाग्रीहरू भेटिएको  वाग्लेले बताउनुभयो ।

सामाग्रीको एकिन  मूल्य आज भन्सार कार्यालयमा दाखिला गरेपछि पत्ता लाग्ने सशस्त्र प्रहरीले जनाएको छ ।”हामीले बजार मूल्य अनुसार अनुमानित मूल्य गरेका हौ ।अब भन्सार कार्यालयमा तौल गरेपछि एकिन मूल्य निर्धारण होला करिब ३५ देखि ४० लाख मूल्य बराबरकै अनुमान गरेका छौ”एसपी वाग्लेले भन्नु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button