तपाईँ सुन्दै हुनुहुन्छः

क्यानले १२ हजार टिकट मात्र बेच्ने

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानले त्रिकोणात्मक क्रिकेट सिरिजको फाइनल खेलमा १२ हजार टिकट मात्र बेच्ने भएको छ ।

सोमबार सूचना जारी गर्दै क्यानले नेदरल्याण्ड्सविरुद्ध नेपालले खेल्ने फाइनल खेलमा १२ हजार मात्र टिकट बिक्री गर्ने जनाएको हो । क्यानले सोमबार बिहानसम्म आधा भन्दा बढी टिकट बिक्री भैसकेको समेत जनाएको छ । सर्वसाधारणले क्यानको अफिसियल टिकेटिङ पार्टनर आईएमई पेबाट टिकट लिन सक्नेछन् । 

त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मङ्गलवार कीर्तिपुर मैदानमा नेदरल्याण्ड्सविरुद्ध खेल्दैछ । यस वर्ष हुने टी-ट्वान्टी विश्वकप खेल्न लागेको नेपालले प्रतियोगिताको तयारी स्वरूप टी ट्वान्टी सिरिजको आयोजना गरेको हो ।

एक दिवसीय विश्वकप लिग टु अन्तर्गतका म्याच खेल्न नेदरल्याण्ड्स र नामिबिया नेपाल भ्रमणमा आएका थिए । लिग टूको म्याच सकिएपछि नेपालले टी ट्वान्टी सिरिजको आयोजना गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button