तपाईँ सुन्दै हुनुहुन्छः

अन्तर्राष्ट्रिय महिला दिवस व्यवस्थितरुपमा मनाउन मन्त्रालयको आग्रह

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ११४औँ अन्तर्राष्ट्रिय महिला दिवस भव्य र व्यवस्थितरुपमा मनाउन सबै सरोकारवाला निकायलाई आग्रह गरेको छ । 

मन्त्रालयले आज एक सूचना जारी गर्दै आर्थिक र सामाजिक सशक्तीकरणका लागि लगानीको सुनिश्चिततामा मद्दत पुग्ने रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गरी सामाजिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले साझा अभियानका रुपमा यो दिवसका रुपमा मनाउन आग्रह गरेको हो । 

मन्त्रालयले तीनै तहका सरकार, शैक्षिक संस्था, सामाजिक तथा निजी सङ्घसंस्था, नागरिक समाजलगायत सबै सरोकारवाला निकायलाई रचनात्मक तथा सिर्जनात्मक कार्यक्रम सञ्चालन गरी दिवस मनाउन आह्वान गरेको छ ।

यही फागुन २५ गते ‘महिलामा लगानी: सभ्य र समुन्नत समाजको थालनी’ भन्ने राष्ट्रिय नाराका साथ यो दिवस मनाइने भएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button