तपाईँ सुन्दै हुनुहुन्छः

शेयर बजारमा सर्किट, कारोबार रोकियो

काठमाडौँ I राजनीतिक उतारचढावका बीच धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा चार प्रतिशतको वृद्धिपछि कारोबार रोकिएको छ । 

आज बजार खुलेको केही समयमै  नेप्से परिसूचक ७९ दशमलव २९ अङ्क अर्थात् चार दशमलव शून्य चार प्रतिशतले बढेर दुई हजार ३९ दशमलव ६० अङ्कमा पुगेपछि नेप्से ‘हल्ट’ भएको छ । 

कारोबार सुरु भएको एक घण्टाभित्र चार प्रतिशतले बढेपछि कारोबार २० मिनेटका लागि स्थगित भएको छ । कारोबार सुरु हुने बित्तिकै अरुण काबेली पावर लिमिटेड र त्रिशूली जलविद्युत् कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button