तपाईँ सुन्दै हुनुहुन्छः

वर्तमान सत्ता गठबन्धन भत्किएसँगै प्रतिनिधिसभाको आजको बैठक स्थगित, फागुन २४ गते बस्ने

काठमाडौँ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण आज बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक  स्थगित भएको छ । 

बैठक फागुन २४ गते बिहान ११ बजे बस्ने गरी स्थगित भएको हो ।

यसअघि विकसित राजनीतिक परिस्थितिमा आजका लागि निर्धारित  बैठकका सम्बन्धमा  सभामुख देवराज घिमिरेले प्रमुख दलहरूसँग छलफल गर्नुभएको थियो ।

दलहरूको सुझावका आधारमा बैठकबारे निर्णयमा पुग्ने सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभएको थियो ।

प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button