तपाईँ सुन्दै हुनुहुन्छः

बालुवाटारमा नयाँ सत्ता गठबन्धनको बैठक, आजै मन्त्रीपरिषद् पुनर्गठन हुने 

काठमाडौं । सत्तासमीकरण परिवर्तन हुने भएसँगै नयाँ बनेको सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी छ । 

बैठकमा नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीका शीर्ष नेताहरू सहभागी हुनुहुन्छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका अनुसार वर्तमान मन्त्रीपरिषद्को पुरै सेट परिवर्तन गरी नयाँ गठबन्धनबाट आजै सानो आकारको मन्त्रीपरिषद्को गठन गर्ने तयारी भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका अध्यक्ष रवि लामिछानेसहित सहयोगी नेताहरू सहभागी हुनुहुन्छ । 

केन्द्रमा सरकार परिवर्तन हुने भएसँगै प्रदेशका सरकारहरूमा पनि आलोपालो गर्ने गरी परिवर्तन गर्ने नयाँ गठबन्धन बीच सहमति भएको बुझिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button