तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभाको बैठक स्थागित हुने संभावना !

काठमाण्डौ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि प्रतिनिधिसभाको पूर्वनिर्धारित आजको बैठक बस्ने कि स्थगित गर्ने भन्ने विषयमा सभामुख देवराज घिमिरेले प्रमुख दलहरुसँग छलफल गरिरहनु भएको छ ।
दलहरुको सुझावका आधारमा बैठकबारे निर्णयमा पुग्ने सभामुख घिमिरेका प्रेस सल्लाहाकार शेखर अधिकारीले जानकारी दिनुभयो ।
प्रतिनिधिसभाको आज बिहान ११ बजेका लागि निर्धारित बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदलाई सम्बोधन गर्ने कार्यक्रम रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button