तपाईँ सुन्दै हुनुहुन्छः

नयाँ समीकरणका साथ सरकारमा जाने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ समिकरणसहितको सरकारमा जाने निर्णय गरेको छ । सोमबार बिहान केन्द्रीय कार्यालयमा बसेको रास्वपा सचिवालय बैठकबाट नयाँ समीकरणमा सरकारमा जाने निर्णय गरेको सांसद विराजभक्त श्रेष्ठले जानकारी दिनुभयो ।

रास्वपाले सरकारमा कति सिट लिने र क–कसलाई मन्त्री बनाउने भन्ने टुंगो लगाउने अधिकार सभापति एवं संसदीय दलका नेता रवि लामिछानेलाई दिइएको छ ।

वर्तमान सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणका साथ सरकार बनाउने गरी पछिल्लो समय राजनीतिक घटनाक्रम विकास भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button