तपाईँ सुन्दै हुनुहुन्छः

कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाउनुभएको छ।

सोमबार बिहान १० बजे बस्नेगरी देउवा निवास बुढानीलकण्ठमा बैठक बोलाइएको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे समसामयिक राजनीतिबारे छलफल हुनेछ।

आज बिहान देउवा, पुर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्नुभएको थियो ।

बालुवाटारबाट फर्किएर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button