तपाईँ सुन्दै हुनुहुन्छः

राजनीतिमा नयाँ घटनाक्रम विकसितः दलहरु आन्तरिक छलफलमा

काठमाडौं । मन्त्रिपरिषद् पुनर्गठन एवं राष्ट्रिय सभा निर्वाचन लगायतका विषयमा सत्ता गठबन्धनभित्र अविश्वास बढ्दा राजनीतिमा नयाँ घटनाक्रम विकसित भएको छ ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रमसँगै राजनीतिक दलहरु बिहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटारमा बसेको छ भने नेकपा एमालेको सचविालय बैठक बालकाेटमा बसेकाे थियाे ।

हिजो बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्नुभएको थियो । हिजो साँझ पनि प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीसहितका नेताहरुबीच छलफल भएको थियो ।

छलफल संक्रमणकालीन न्यनयसम्बन्धी विधेयकमा केन्द्रित भएको भनिए पनि नयाँ राजनीतिक समीकरणबारे समेत छलफल भएको बताइएको छ ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक पनि बसिरहेको छ । पार्टी कार्यालयमा जारी बैठकले वर्तमान राजनीतिक परिस्थितिका विषयमा छलफल गर्दै आवश्यक निर्णय लिने बताइएको छ ।

एमाले र माओवादीले आन्तरिक एवं दुईपक्षीय छलफल गरिरहँदा बोलाइएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ ।

सत्तारूढ कांग्रेस र माओवादीबीच अविश्वास बढेको भन्ने कुरा पछिल्लो समय सार्वजनिक भैरहँदा विकसित पछिल्लो राजनीतिक घटनाक्रमलाई नयाँ समीकरण बनाउने पहलका रुपमा धेरैले अर्थ्याएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button