तपाईँ सुन्दै हुनुहुन्छः

पोखरेल मृत्यु प्रकरणमा सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न सांसदहरूको माग 

काठमाडौँ । प्रतिनिधिसभाका सांसदहरुले फागुन १२ गते  चितवन रत्ननगरको एकता शिशु निकेतनमा अध्ययनरत छात्रा शालिन पोखरेलको मृत्यु प्रकरणमा सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका छन् । 

संसद्को शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले छात्रावास सञ्चालन नियम विपरीत पुरुष कर्मचारीहरू छात्राबासमा प्रवेश गरी घटना घटाएको भन्दै हत्या वा आत्महत्या  जे भएको भएता पनि अपराध भएको भन्दै गृह प्रशासनले  अनुसन्धानमा ढिलाइ गरेको  बताउनुभयो । 

बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले छात्राबासमा भएको घटना गम्भीर भएको  बताउँदै देशैभरका छात्रावासको निगरानी र अनुगमन तत्काल गरिने बताउनुभयो । 

समितिको बैठकले  शालिन पोखरेल मृत्यु प्रकरण कसरी भएको हो र दोषी उपर के कारबाही भयो भनी तत्काल समितिलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button