तपाईँ सुन्दै हुनुहुन्छः

यमनमा हुथी विद्रोहीहरूलाई लक्ष्यित गरी अमेरिकी नेतृत्वको हवाई आक्रमण

साना। अमेरिकी-ब्रिटिस सैन्य गठबन्धनले शुक्रबार यमनको रेड सी बन्दरगाह शहर होदेइदामा हुथी सैन्य लक्ष्यहरू विरुद्ध दुईवटा हवाई आक्रमण गरेको त्यहाँका बासिन्दाहरू र हुथीद्वारा सञ्चालित अल-मासिराह टिभीले उल्लेख गरेको छ।

सो आक्रमणले शहरको पश्चिममा हुथी मोबाइल मिसाइल प्रक्षेपणकर्ताहरूलाई निशाना बनाएको स्थानीय बासिन्दाहरूले सोशल सामाजिक सञ्जाल ‘एक्स’ मा उल्लेख गरेका छन् ।

यद्पयि सो घटना बारे सैन्य गठबन्धनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।सशस्त्र समूहले नोभेम्बरमा लाल सागर र अडेनको खाडीमा अन्तरराष्ट्रिय व्यापारिक ढुवानी जहाजहरूलाई पनि निशाना बनाउन थालेपछि शुरु गरिएको हुथी विरुद्धको पछिल्लो आक्रमण शृङ्खला हो ।

बिहीबार हुथी नेता अब्दुलमालिक अल-हुथीले यस क्षेत्रमा ढुवानी अवरुद्ध गर्न थप मिसाइल आक्रमण गर्ने उद्घोष गर्नु भएको छ । अल-मसिराह टिभीमा प्रसारित टेलिभिजन सम्बोधनमा उहाँले यी आक्रमणहरूले हमाससँगको द्वन्द्व अन्त्य गर्न इजरायललाई दबाब दिने घोषणा गर्नु भएको छ । हुथी आक्रमण शुरु भएदेखि थुप्रै जहाजहरू, मुख्यतया अमेरिका, बेलायती र युरोपेली, क्षतिग्रस्त भएका छन्।

यसै बीच वाशिङ्गटनले जनवरीमा हुथी समूहलाई “विश्व आतङ्कवादी संगठन” को रूपमा पुन: नामकरण गरेको थियो ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button