तपाईँ सुन्दै हुनुहुन्छः

संयुक्त राष्ट्रसंघका शान्ति सैनिक लेबनानमा स्थानीयको हिरासतमा

बेरुत। संयुक्त राष्ट्रसंघका लेबनानस्थित संयुक्त राष्ट्रसंघ अन्तरिम बलका एकजना अधिकारीलाई बेरुत जाँदै गर्दा स्थानीय व्यक्तिहरूले नियन्त्रणमा लिएका छन् ।

युनिफिल मिडिया अफिसका उपनिर्देशक क्यान्डिस अर्डेलले बताए अनुसार शान्ति सेनाको सवारी साधन नियमित लजिस्टिक यात्रामा रहेका बेला अधिकारीलाई केही समय हिरासतमा लिइएको हो ।

“गाडी रोकियो र स्थानीय व्यक्तिहरूले शान्ति सैनिकहरूलाई हिरासतमा लिए र केही समयपछि रिहा गरियो,” अर्डेलले बताउनुभयो। घटनाको अनुसन्धान भइरहेको पनि उहाँले उल्लेख गर्नु भएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button