तपाईँ सुन्दै हुनुहुन्छः

‘३ तहको सरकार हुँदा केन्द्रको बजेटको साइज घट्यो’

भैरहवा । अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले ३ तहको सरकार भएका कारण पहिले जस्तो सबै स्रोत केन्द्रको जिम्मेवारीमा नरहेको बताउनुभएको छ ।

नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ को आयोजनामा भेटघाट तथा अन्तर्क्रियामा अर्थमन्त्री महतले ७ सय ५३ पालिका र ७ प्रदेशलाई बजेट छुट्टाउनुपर्ने बताउँदै केन्द्रको बजेटको साइज घटेको तर अपेक्षा नघटेको बताउनुभयो ।

अर्थमन्त्री डाक्टर महतले आवश्यकता अनन्त भएका कारण जनताको अपेक्षा नघटेको बताउनुभयो । दक्षिण एसियामै सामाजिक सुरक्षामा धेरै खर्च गर्ने देश नेपाल भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र नं ३ का सभापति सुशील गुरुङ, सिद्धार्थ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कुल प्रसाद न्यौपाने लगायतले मन्तव्य राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button