तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचनका लागि फागुन २८ गते नामावली प्रकाशन हुने

काठमाडौँ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि यही फागुन २८ गते मतदाता नामावली प्रकाशन हुने भएको छ ।

वैशाख १५ गते हुने उपनिर्वाचनको लागि आयोगबाट मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, स्वीकृत भएसँगै २८ गते नामावली प्रकाशन गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

मतदाता नामावलीमा रहेका त्रुटि सच्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुट्टा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन  फागुन २९ गतेदेखि  चैत्र ५ गतेसम्मको अवधि निर्धारण गरिएको प्रवक्ता पौडेलले बताउनुभयो ।

सो अवधिमा अनलाइन वा सम्बन्धित निर्वाचन कार्यालय वा वडा कार्यालयमार्फत निवेदन, सूचना र उजुरी दिन सकिनेछ । यसरी प्राप्त निवेदन, सूचना र उजुरी उपर कानून बमोजिम छानविन गरी अद्यावधिक गरिएको अन्तिम मतदाता नामावली चैत्र २२ गते प्रकाशन गरिने आयोगले जनाएको छ ।

अद्यावधिक मतदाता नामावली स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनको मूल आधार भएकोले आफ्नो मतदाता विवरणमा रहेका त्रुटि सच्याउने कार्यक्रममा सहभागी हुन आयोगले सबैलाई आह्वान गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button