तपाईँ सुन्दै हुनुहुन्छः

टिप्परको ठक्करबाट एक जनाको मृत्यु

दाङ । दाङको घोराही सिमेन्ट उद्योगभित्र टिप्परको ठक्करबाट चालकको मृत्यु भएको छ ।

घोराही उपमहानगरपालिका ४ गोग्लीमा रहेको सिमेन्ट उद्योगभित्र बुधवार गाडी मोड्ने क्रममा रा १ क १२७८ नम्बरको टिप्परको ठक्करबाट घोराही उपमहानगरपालिका ४ निवासी ३० वर्षीय नारायण शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरिक्षक रामबहादुर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिमेन्ट उद्योगभित्र रहेको पेट्रोल पम्पमा टिप्परमा तेल हाल्ने क्रममा टिप्परले ठक्कर दिँदा गम्भीर घाइते भएका शर्माको घोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो ।

ठक्कर दिने टिप्पर चालक ३० वर्षीय बसन्त जिएमलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरी उपरिक्षक केसीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button