तपाईँ सुन्दै हुनुहुन्छः

इलेकट्रोनिक्स पसलमा आगलागी, डेढ करोडभन्दा बढीको क्षति

नेपालगन्ज । नेपालगन्जमा एक इलेकट्रोनिक्स पसलमा आगलागी भएको छ । 

आगलागीबाट डेढ करोडभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २ घरबारी टोलस्थित न्यू माया इलेकट्रोनिक्स पसलमा गएराति करिब साढे १२ बजेतिर आगलागी हुँदा सम्पूर्ण इलेकट्रोनिक्स समानहरू पूर्णरुपमा जलेर नष्ट भएको छ । 

दमकल, स्थानीय र प्रहरीको सहयोगमा करिब दुई घण्टापछि आगो नियन्त्रण आएको थियो । विद्युत् सट भएर आगलागी भएको अनुमान गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button