तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिम प्रदेशसभा बैठक आज बस्दै

धनगढी  । सुदूरपश्चिम प्रदेशसभाको बैठक आज बस्दैछ । 

प्रदेशसभाको तेस्रो अधिवेशनको आठौँ बैठक आज दिउँसो २ः०० बजे बस्ने कार्यतालिका रहेको छ । 

बैठकमा प्रदेशसभा नियमावली र प्रदेश निजामती सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक टेबुल गर्ने कार्यसूची रहेको छ ।

यस्तै प्रज्ञा प्रतिष्ठान गठन सम्बन्धी संशोधन गर्न बनेको विधेयकलाई छलफलका लागि विषयगत समिति पठाउने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button