तपाईँ सुन्दै हुनुहुन्छः

‘दिगो विकासका लक्ष्य कार्यान्वयनमा सबै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्छ’

काठमाडौँ । राष्ट्रियसभाको दिगो विकास तथा सुशासन समितिले दिगो विकास लक्ष्य कार्यान्वयन सम्बन्धमा संसदीय अध्ययन तथा मूल्याङ्कन प्रतिवेदन मस्यौदामा छलफल गरेको छ ।

समितिको आजको बैठकमा राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले दिगो विकासका लक्ष्य कार्यान्वयनमा सबै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो ।

उपाध्यक्ष अर्यालले समितिले निकै मेहनेतका साथ प्रतिवेदन तयार पारेको बताउँदै राष्ट्रिय योजना आयोगले यसको कार्यान्वयनको अवस्थाको अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कम्तीमा ६ महिनामा प्रधानमन्त्रीको सहभागितामा छलफल राख्नुपर्ने र स्थानीय तहहरुले पनि कार्यान्वयनको अवस्थाबारेको रिपोर्ट बुझाउनुपर्ने बाध्यकारी व्यवस्था गर्नसके कार्यान्वयन थप प्रभावकारी हुने बताउनुभयो ।

बैठकमा सांसदहरुले महत्त्वपूर्ण दस्ताबेजका रुपमा प्रतिवेदन आएको र यसको थप अध्ययन गरी सुझाव दिने धारणा राख्नुभयो ।

प्रतिवेदन अध्ययनपछि आएका सुझावलाई समेटेर यसलाई थप सुदृढ र परिष्कृत बनाई अन्तिम रूप दिइने समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button