तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा जारी

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी छ । बिहान ९ बजेदेखि बसिरहेको बैठकमा कार्य विभाजन र आगामी जागरण अभियानबारे छलफल भइरहेको छ ।

बैठकमा समसामयिक राजनीतिक विषयमा र विधान अधिवेशनले लिएका निर्णयअनुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढङ्गले कार्य सम्पादन हुने गरी नेताहरूको कार्य विभाजन गर्ने विषयमा पनि छलफल हुने पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

बैठकले नेताहरूको कामको मूल्याङ्कनका आधारमा कार्य विभाजन गर्ने तयारी समेत गरेको सापकोटाले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button