भारतका विदेशमन्त्रीसँग परराष्ट्र सचिवको शिष्टाचार भेट
काठमाडौँ । भारत भ्रमणमा रहनुभएकी परराष्ट्र सचिव सेवा लम्सालले आज अपराह्न त्यहाँका बाह्य मामिलामन्त्री डा सुव्रमण्यम जयशङ्करसँग शिष्टाचार भेट गर्नुभएको छ ।
![](https://onlineradionepal.gov.np/wp-content/uploads/2024/02/20240227_193505-1024x894.jpg)
त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे छलफल भएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।
परराष्ट्र सचिव लम्साल भारतको पुनेमा आगामी बिहीबारदेखि आयोजना हुने एसियाली आर्थिक संवाद २०२४ को उद्घाटन समारोहमा सहभागी हुने सिलसिलामा हाल नयाँ दिल्लीमा हुनुहुन्छ ।
प्रतिक्रिया राख्नुहोस्