तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशका कृषि मन्त्रालयका कर्मचारीले डिडिसिमा थन्केको १ लाखको घ्यु किन्ने

जनकपुरधाम । नेपालका किसानले उत्पादन गरेको दूध तथा दूधजन्य पदार्थको बिक्री तथा भुक्तानीमा भएको बेलामा मधेश प्रदेशका भूमि व्यवस्था तथा कृषि मन्त्रालयका कर्मचारीहरूले दुग्ध विकास संस्थानसँग थन्केर रहेको १ लाखको घ्यु किन्ने भएको छ । 

‘दूधको बजारीकरणमा देखिएको समस्या समाधानको लागि हातेमालो गरौँ’ भन्ने नाराका साथ भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री, मधेश प्रदेशका कृषि सचिव लगायत कर्मचारीले आज एक लाख मूल्य बराबरको दूध तथा दुग्ध पदार्थ खरिद गरेको मन्त्रालयका सचिव डा. शरण कुमार पाण्डेले जानकारी दिनु भएको छ ।  

पहिलो चरणमा प्रदेश मन्त्रालयका कर्मचारीले आज एक क्विन्टल घ्यु खरिद गरेको छ । मधेस प्रदेशले दूध तथा दुग्धजन्य पदार्थको खपत बढाउन तथा बजारको अर्थतन्त्रलाई चलायमान बनाउनका लागि मधेश प्रदेशको भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र मन्त्रालय मातहतमा कार्यरत कर्मचारीहरूले मासिक तलबबाट अनिवार्य दुग्धजन्य पदार्थ खरिद गर्नु पर्ने निर्णय गरेको कृषि सचिव डा. पाण्डेले जानकारी दिनु भयो ।  

प्रदेशभित्र उत्पादित दूध तथा दुग्धजन्य पदार्थ घ्यु÷बटरको बिक्री वितरणमा समस्या भएपछि भूमि व्यवस्था तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेको अध्यक्षतामा आज बसेको बैठकले यस्तो निर्णय गरेको मन्त्रालयले जानकारी दिएको छ । 

हाललाई डिडिसीको जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरबाट उत्पादित घ्यू, बटरको खपत बढाउनका लागि प्रदेशका पदाधिकारी र कर्मचारीहरूले मासिक तलबबाट १० दिन दूध खरिद गर्नुपर्ने व्यवस्था सहितको निर्णय गरेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाका प्रमुख वरिष्ठ पशु चिकित्सक डा.सञ्जीव ठाकुरले जानकारी दिनु भयो ।  

मन्त्रालयले गरेको निर्णय अनुसार डिडिसिको घ्यु तथा वट्टर भूमि व्यवस्था तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले मासिक तलबबाट ५ दिनको पारिश्रमिक खर्च गर्ने भएका छन् । त्यसैगरी, प्रदेश सचिवले ३ दिन,  नौ, दशौं र एघारौँ तहका अधिकृतहरूले दुई दिन र अधिकृतभन्दा तलका कर्मचारीले एक दिनको पारिश्रमिकबाट दूध खरिदमा खर्चिनु निर्णय मन्त्रालयले गरेको छ । 

मधेश प्रदेशको ढल्केवरमा रहेको डिडिसिको दुग्ध विकास आयोजनामा मात्र ४ हजार किलो घ्यु थन्केको छ । यसै गरि किसानसँग आयोजनाले खरिद गरेको दुग्धको २ करोड भुक्तानी गर्न बाँकी रहेको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button