तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथर गोल्डकपः मोरङलाई हराउँदै सर्लाही अन्तिम चारमा

पाँचथर । पाँचथरको फिदिममा सञ्चालन भइरहेको चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा मोरङलाई हराउँदै सर्लाही अन्तिम चारमा प्रवेश गरेको छ । 

सोमबार भएको तेस्रो क्वाटर फाइनल खेलमा पथरी ११ फुटबल क्लब मोरङलाई टाइब्रेकरमा ४ – १ गोल अन्तरले पाखा लगाउँदै बागमती युथ क्लब सर्लाहीले खेल जितेको हो । निर्धारित समयमा गोल रहित बराबर भएपछि खेल टाईब्रेकरमा धकेलिएको थियो ।  

खेल जिताउन सर्लाहीका निर्मल बल, दिवस लिम्बु, अभी लामा र अनिल रानाले गोल गरे । मोरङको तर्फ बाट एक मात्र गोल निरोज परियारले गरे । सर्लाहीका गोल किपर  रौनक चम्लागाई म्यान अफ द म्याच हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे । दुई जना विदेशी खेलाडी सहित खेलेको मोरङले गोल गर्न नसक्दा प्रतियोगिता बाट बाहिरिएको छ । 

आयोजक पाँचथर क्लबले प्रदान गर्ने सुट आउट हिरोको पुरस्कार कुनै पनि दर्शकले जित्न सकेनन् ।  फ्यान अफ द म्याच को पुरस्कार टेकनाथ काफ्लेले प्राप्त गरेका छन् । पाँचथर क्लबको आयोजनामा फागुन १२ देखी १९ सम्म हुने प्रतियोगिताको विजेताले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उप विजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । यो पुरस्कार राशि जिल्लाकै सर्वाधिक हो ।  

मुख्य प्रायोजक वाइवाइ रहेको प्रतियोगितामा नेपाल र भारतका आठ टिम सहभागी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button