तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधि सभा बैठक बस्दै, प्रि-बजेटमा छलफल हुँदै

काठमाडौँ। प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक संघीय संसद भवन नयाँबानेश्वरमा बिहान ११ बजे बस्नेछ ।

संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनुहुनेछ ।

राष्ट्रिय सभामा उत्पति भएको विधायन सम्बन्धी विधेयक २०८० का सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधयेक टेबुल गरिने कार्यसूची रहेको छ । साथै, उधोग वाणिज्य तथा आपुर्ती मन्त्रालयको कार्यभार सम्हालेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले राष्ट्रिय सभामा उत्पति भएको विद्युत व्यापार विधेयक २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

अर्थ मन्त्री प्रकाशशरण महतले आ.व. २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल गरियोस् भनी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालायले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button