तपाईँ सुन्दै हुनुहुन्छः

पोर्चुगलको चुनावी अभियानमा दक्षिणपन्थी समूह बलियो : सर्वेक्षण

लिस्बन। पोर्चुगलको आधिकारिक चुनावी अभियान आइतबारदेखि सुरु हुँदैछ । मार्च १० मा हुने विधायिकी मतदानमा पपुलिस्ट पार्टीहरूले सफलता पाउने सम्भावना छ ।

करिब आधा शताब्दी लामो फासिवादी तानाशाही व्यवस्थाको अन्त्य गरी पचास बर्ष पहिले ‘कार्नेसन रिभोलुसन’मार्फत् स्थापित व्यवस्था अन्तर्गत चलेको पोर्चुगलमा हालै युरोपका अन्य ठाउँहरूमा सफलता हासिल गरेका दक्षिणपन्थी र संस्थापन विरोधी पार्टीहरू पछि पर्ने पुर्वानुमानहरू गरिएका छन् ।

सन् २०१९ मा एक फुटबलका पूर्व कमेन्टेटरद्वारा गठन गरिएको चेगा पार्टीे देशको राजनीतिक र आर्थिक अभिजात वर्गको एक प्रबल आलोचक बनेको छ र १५ देखि २० प्रतिशत मतको साथ भागेदारी बन्ने देखिएको छ ।

लिस्बन विश्वविद्यालयको इन्स्टिच्युट अफ सोसल साइन्सेजका राजनीतिशास्त्री एन्टोनियो कोस्टा पिन्टोले समाजवादी प्रधानमन्त्री एन्टोनियो कोस्टाको आश्चर्यजनक राजीनामाले चेगालाई सहयोग पुगेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “यो युरोपेली सङ्घमा भ्रष्टाचारको विषयले कट्टरपन्थी दक्षिणपन्थीको पक्षपोषण गरेको छ ।”

– अति दक्षिणपन्थी गठबन्धन –

इटाली, स्लोभाकिया, हंगेरी र फिनल्यान्डलगायत थुप्रै युरोपेली देशहरूमा अति दक्षिणपन्थी पार्टीहरूको नेतृत्वमा वा समावेशी गठबन्धनद्वारा सरकार सञ्चालित छन् ।
नेदरल्याण्ड्स गत नोभेम्बरमा भएको विधायिकी चुनावमा गीर्ट वाइल्डर्सको विजयपछि यो सूचीमा सामेल भएको छ ।

आप्रवासी विरोधी तर सधैं युरोपेली सङ्घ (ईयू) विरोधी नभएको चेगा सन् २०२२ को जनवरीमा पोर्चुगलमा भएको चुनावमा सात प्रतिशत मत र २३० सदस्यीय संसद्मा १२ जना सदस्यसहित देशको तेस्रो ठूलो राजनीतिक शक्ति बनिसकेको छ ।

चेगाका अध्यक्ष आन्द्रे भेन्टुराले मध्य–दक्षिणपन्थी सोसल डेमोक्र्याटिक पार्टी (पीएसडी) लाई पोर्चुगलको सत्ताधारी सशक्त शक्तिबाट विस्थापित गर्ने लक्ष्य राख्नुभएको छ ।

यद्यपि, अहिले पीएसडीलाई पछि पार्दै भेन्टुराले आफ्नो दललाई संसदमा बहुमतका साथ स्थापित गर्ने रणनीतिसाथ अघि बढ्नुभएको छ । तर पीएसडी सत्तासिन समाजवादी पार्टीभन्दा अलि अगाडि लगभग ३० प्रतिशत मतको साथ आउने सर्भेक्षणले देखाएको छ ।

दुई साना रूढÞिवादी पार्टीहरूसँग गठबन्धन बनाएका पीएसडी नेता लुइस मोन्टेनेग्रोले तत्कालका लागि चेगासँग कुनै पनि गठबन्धनलाई अस्वीकार गर्नुभएको छ ।

सोसलिस्ट पार्टीका कोस्टाका उत्तराधिकारी पेड्रो नुनो सान्तोसले मध्यदक्षिणपन्थीको नेतृत्वमा अल्पमतको सरकार गठन हुन नदिने बताउनु भएको छ ।

तर विश्लेषक कोस्टा पिन्टोका अनुसार ‘अति दक्षिणपन्थीहरूको वरिपरिको घेराले अन्य युरोपेली लोकतन्त्रहरूमा काम गरेको छैन, र पोर्चुगल अर्को उदाहरण हुनेछ’ ।

सन् २०१५ को अन्त्यदेखि प्रधानमन्त्री कोस्टाले सरकारको वित्तीय स्थितिमा सुधार गर्दै धेरै हदसम्म स्वस्थ अर्थतन्त्रको निरीक्षण गर्नुभएको थियो ।

आफ्नो कार्यालयमा लुकाइछिपाइ राखेको ७५ हजार ८०० युरो (८२ हजार अमेरिकी डलर) नगदसहित फेला परेका उनका आफ्नै चिफ अफ स्टाफसम्म पुगेपछि अन्तिम झट्का लागेको थियो ।

अनुसन्धानमा कोस्टाको नाम उल्लेख गरिएको थियो र उहाँले नोभेम्बरमा राजीनामा दिनुभएको थियो । उहाँले नयाँ कार्यकालको लागि दावी नगर्ने बताउनु भएको छ ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button