तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथर गोल्डकप : इलामलाई हराउँदै झापा सेमिफाइनलमा

पाँचथर । पाँचथरको फिदिममा सञ्चालन भइरहेको चौथो पाँचथर गोल्डकप फुटबल प्रतियोगितामा इलामलाई हराउँदै झापा सेमी फाइनलमा प्रवेश गरेको छ । 

आइतबार भएको दोस्रो क्वाटर फाइनल खेलमा रेड हर्स फुटबल क्लब इलामलाई १–० गोल अन्तरले पाखा लगाउँदै झापा एघार फुटबल क्लब झापाले खेल जितेको हो । खेल जिताउन झापाका प्रदीप बुढाथोकीले खेलको ६४ औँ मिनेटमा निर्णायक गोल गरेर आफ्नो टिमलाई जिताए । गोलकर्ता बुढाथोकी म्यान अफ द म्याच हुँदै नगद ५ हजार रुपैयाँ प्राप्त गरे । तीन जना विदेशी खेलाडी सहित खेलेको इलामले गोल गर्न नसक्दा प्रतियोगिता बाट बाहिरिएको छ । 

आयोजक पाँचथर क्लबले प्रदान गर्ने सुट आउट हिरो र फ्यान अफ द म्याच को पुरस्कार देविका गुरुङ र झरना खवासले प्राप्त गरेका छन् । पाँचथर क्लबको आयोजनामा फागुन १२ देखी १९ सम्म हुने प्रतियोगिताको विजेताले नगद ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ र उप विजेताले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने आयोजकले जनाएको छ । यो पुरस्कार राशि जिल्लाकै सर्वाधिक हो ।  मुख्य प्रायोजक वाइवाई रहेको प्रतियोगितामा नेपाल र भारतका आठ टिम सहभागी भएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button