तपाईँ सुन्दै हुनुहुन्छः

झापामा पिकनिक खाएर फर्किँदै गरेको बस दुर्घटना, ७ जना घाइते

झापा । झापाको दोमुखामा पिकनिक खाएर फर्किँदै गरेको स्वास्थ्यकर्मी सवार बस शिवसताक्षी नगरपालिका १० माइधारमा दुर्घटना भएको छ । दुर्घटनामा परी ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

घाइतेहरूको उलार्बारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको छ । कमल, दमक र उर्लाबारीअन्तर्गत रहेका निजी अस्पतालका स्वास्थ्यकर्मीहरू पिकनिक खाएर फर्किँदै गरेको को १ ख ६३०५ नम्बरको बस शिवसताक्षी १० किरात चौकस्थित पूर्व–पश्चिम राजमार्गमा आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिनुभयो । बस पल्टिएर राजमार्गदेखि तल खसेको थियो ।

घाइते हुनेहरूमा उर्लाबारी ६ बस्ने ४६ वर्षीय ताराप्रसाद अधिकारी, उनकी श्रीमती ४३ वर्षीया उमा खनाल, वडा नं ५ बस्ने ५५ वर्षीय बहादुर चौधरी, उनकी श्रीमती ५३ वर्षीया पवित्रा लामिछाने, वडा नं ४ बस्ने ३६ वर्षीया बन्दना प्रसाईँ, २५ वर्षीय महेश नाथ ,वडा नं ६ बस्ने ३० वर्षीया कल्पना कँडेल रहेका छन् । दुर्घटनापछि बसचालक उर्लाबारी ५ बस्ने ४१ वर्षीय चन्द्रकुमार फुयाँल ईलाका प्रहरी कार्यालय झिलझिलेको नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button