तपाईँ सुन्दै हुनुहुन्छः

स्वच्छ खानेपानीको व्यवस्था मिलाउनु राज्यको दायित्व : मन्त्री यादव

सुनसरी । खानेपानी मन्त्री महेन्द्र राय यादवले सबै नागरिकलाई स्वास्थ्य राख्न स्वच्छ खानेपानीको व्यवस्था मिलाउनु राज्यको दायित्व भएको बताउनुभएको छ । 

नेपाल समाजवादी पार्टीद्वारा सुनसरीको इनरुवामा आज आयोजित कार्यक्रममा मन्त्री यादवले स्वच्छ खानेपानीको सबै क्षेत्रमा व्यवस्था मिलाउन स्रोतसाधनले भ्याएसम्म काम भइरहेको बताउनुभयो ।

अर्को प्रसङ्गमा मन्त्री यादवले चुरे तथा तराई–मधेस क्षेत्रमा देखिएको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सरकारले प्रयास गरिरहेको बताउनुभयो ।

मन्त्री यादवले सुनसरी सहित देशभरी नै दीर्घकालीन रुपमा खानेपानी समस्या समाधानका लागि अधुरा खानेपानी ट्याङ्कहरू निर्माण सम्पन्न गर्न आवश्यक बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसँग छलफल गरिरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button