तपाईँ सुन्दै हुनुहुन्छः

सुनथराली विमानस्थलको उद्घाटन प्रधानमन्त्रीले गर्नुहुने

जुम्ला । कालिकोटको नरहरिनाथ गाउँपालिका २ कोटबाडा स्थित सुनथराली विमानस्थलको आगामी फागुन १४ गते हुने भएको छ ।

करिब ३८ वर्षपछि विमानस्थलको उद्घाटन हुन लागेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गर्नुहुने नरहरिनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराले जानकारी दिनुभयो । उहाँका अनुसार फागुन १४ गते उद्घाटनसँगै परिक्षण उडान पनि हुने छ ।

विमानस्थल २०४२ सालदेखि निर्माण सुरु भएको थियो । तत्कालीन जिल्ला विकास समितिबाट एक लाख बजेट विनियोजन गरेर विमानस्थल निर्माण थालिएको थियो । कालीकोटको एक मात्र सुनथराली विमानस्थल २०७९ साल माघ ११ गते निर्माण पूरा भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button